Tuesday, January 1, 2013

सपनाको दुर्घटना



                                                            
दिनेशलाई सपनाहरुदेखि असाध्यै विरत्ति पैदा भयो ओछ्यानमा बसेर उसले आफ्नो कोठा नियाल्दै हेर्दा स्वयम् छक्क ¥यो आफ्नो आलस्यताको दोषी दुस्मन पत्ता लगाएकोमा सपनाहरुले दुईबटा फटाईँ गरेका थिए उसको यो आक्षेप भेट्टाउन एक तिनले कताकता पु¥याएर, केके देखाएर, नानाभाँती सुनाएर, व्यर्थै थकाएर जान्थे अहिले दिनेशलाई ढिलो उठ्नाले कार्यालय जान ढिलो भइसकेको किन यति ढिलो उठ्यो ? तीनपटक अलार्म सुनिसक्दा पनि बिहानीको निर्मल किरणहरुमा बस्तुहरु हेर्ने, ध्वनि सुन्ने, नुहाइधुवाइ गर्ने, दिउँसोको कामकाजको लागि निश्चित कार्ययोजना बनाउने, खै कुनै जाँगर रहेन किन मलाई नै यस्तो भइरहेछ ? सुरुमा उसले आफैँलाई प्रश्न ¥यो अनि सम्झियो, मात्र हो , अरु सबै यसै भन्छन् नि !विहान उठ्नै मनलागेन , अफिसै नआउन पाए पनि हुन्थ्यो जस्तो !’” लौ सबैलाई यै सपनाले मात ख्वाइराखेको रै, उसले ठम्यायो तर यति काफी थिएन, उसलाई सपनाहरुको अर्को प्रवृत्तिले झन् क्रोधित् आजित् पा¥यो त्यो के भने सपनाहरुमाथि उसको इच्छाहरुको कुनै बस चल्दैन्थ्यो ती मनमोजी घटिदिन्थे उसलाई धुरुक्कै रुवाउँथे जाग्दा मात्रै थाहा पाइने भएकोले तिनले रावणझैँ मायावी चाल चालेको उसलाई अनुभूत भयो अव रावणलाई सिध्याउन राम् थिए, थियो जाबो मनुष्य त्यो पनि एउटा कार्यालयको सामान्य कारिन्दो
सपनाहरुलाई घृणा गर्नु अरुले असामान्य मान्नेछन् भन्ने बुझेकाले उसले आफ्नो यो भावना कसैसामू पोख्ने मूर्खता गरेन उसलाई थाहा थियो उसका सपनाहरु केवल  आफैँका मात्र थिए हुनसक्थे तिनलाई निमिट्यान्न पार्नु उसकै एक्लो लडाईँ थियो आफ्ना सपनाविरुद्घको यो लडाईँमा आफू सफल भएपछि मात्र अरुलाई सफलताको रहस्य वताउने उसले निश्चय ¥यो यसरी लक्ष्य किटान गरिसक्दा पनि त्यससम्म पुग्ने उपाय उसको सामुन्ने देखापरेन बिहानभरी ओछ्यानमा लडीबडी गरेर काममा जान ढिलो हुन लागिसक्दा पनि समुद्रतटमा विचल्ली परेको ह्वेलझैँ आफ्नो श्वप्नशैय्यामा विपनीभरी छट्पटाइरह्यो हुँदाहुँदा उसले विछ्यौनाबाटै घडी हेर्दा भित्तेघडीमा दश बज्यो लौ फसाद ¥यो ! मुख धोएको छैन, खाना खाएको छैन ! अब काम छुट्यो आजलाई ! दिनेशले मनमनै सोच्यो अन्ततः उसले स्नान ¥यो, खाना पकायो, खायो, अनि पुनः कोठाको एउटा कुनामा बसेर सोच्न थाल्यो : आजको दिन खाली भइहालेँ ! यसो घुम्छु वरिपरी, सपना फ्याँक्ने उपाय कसो सुझिनहाल्ला !
तर खाना खाइसकेपछि फेरि भाते निद्राले छुटाएको हाइको लस्करले उसलाई हायलकायल बनायो करीब दुई मिनेटको प्रयत्नपछि  हाइ रोक्न सफल भइ फर्केर आँसु भरिएका आँखाले अघि उठेको विछ्यौना हेर्दा उसलाई यो सपनाको टन्टा छोडेर एक फेर घुप्लुक्क पल्टिहालौं जस्तो पनि भयो तर दिनेशको संकल्प जति नै लचकदार भए पनि ग्याटिसको रबरझैँ थियो त्यसले एक फेर तन्किएपछि उसलाई मट्याङ्ग्राझैँ कोठाबाहिर हुत्याइदियो एकाएक उसका पाइला खचाखच सहरको छातिमा निकैबेर गुडुल्किएर मात्र थामिए
पहिलो थमाइमा उसका पाइलाले उसलाई सार्वजनिक पार्कमा ल्याइपु¥याए गेटबाट भित्र पस्ता उसले हरेकखाले मानिसहरुका अनेकखाले गतिविधिहरुको लय देखेर छक्क ¥यो एक छेऊ, रुखको छहारीमा भुईँमा लम्पसार परेर एउटा मान्छे थोत्रा मैला लुगाहरुमा निदाइरहेको थियो यहाँ निद्राको यस्तो हालीमुहाली देखेर उसले पाइला अन्तै बढायो पार्कको सघन केन्द्रतिर आफ्ना पाइलाहरु बढाउँदै जाँदा प्लास्टिकका मिनरल वाटरका बोतल विस्कुट, चाउचाउ आदिका खोल तैरिइरहेका एकजोडी पोखरीहरु देख्यो छेवैमा, घामको रापले तातो भएको ढलानको शैय्यामा एउटा कुकुर उँघिरहेको थियो खैरो रङ्गको भुत्ला भएको त्यो कुकुरको मिजासले दिनेशको ध्यान तान्यो दिनेश उसको नजिक आइरहँदा आँखा थोरै खोलेर त्यसले उसलाई हे¥यो अनि पुनः वास्तै नगरेझैँ आँखा चिम्म पारेर निदाएको स्वाङ पारिरह्यो केही मिनेटको अन्तरालमा त्यसले आँखा अघिझैँ अलिकति उघाथ्र्यो, वरिपरीको वातावरणको निगरानी गर्दै अलिकति आफूभित्र निश्वास लिन्थ्यो मानौं समुद्री ह्वेलले निश्चित अन्तरालमा सतहमा फर्किँदै श्वास लिएजस्तो खेरै कुकुरको यो निद्राको तालको स्वचालितझैँ लाग्ने डुबान तैरन देखेर दिनेश चकित भयो कुकु्रहरुले यस्तो कला विकास गरिसकेको अवस्थामा छेवैको थोत्रे लुगामा निदाइरहेको मान्छेको मस्त निदाएको चाला तुलना गर्दै उसलाई सम्पूर्ण मानवहरुको पिछडिएको अवस्थाप्रति टीठ लागेर आयो
पार्कछेउकै खुला मैदानमा लाउड स्पिकर बजिरहेको थियो त्यहाँ एक ठूलो जनभेला आयोजित देखिन्थ्यो सडकको सवारी आवागमनलाई ठूलो अवरोध पार्दै मानिसहरु हुलका हुल त्यो भेलातर्फ लागिरहेका थिए भीडलाई छिचोलेर मञ्चको अग्रभागसम्म आइपुग्दा मञ्चमा एकजना अधबैँसे व्यक्ति माइकमा बोल्दै थिए दिनेशले मञ्चको छातिमा टाँगिएका तुलहरु पढेर थाहा पायो यो राजनैतिक भेला रहेछ टिभीमा निकै देखा परिरहने यो माइकको वक्ताले अनेक कुराहरु ¥यो आफू वरपरका खचाखच भीडका अग्रसर टाउकाहरुलाई नियाल्दै  गर्दा सो नेताका केही शव्दावलीहरु उसका कानले टिपे नेता कसैका सपनाहरु साकार पार्न कसैले त्याग तपस्या गर्नुपर्ने कुरा गरिरहेको थियो पुनः ध्यान दिएर सुन्दा उसले ती स्वप्नका धनीहरुको नाम  पनि थाहा पायो : शहीदहरु   
यी मृत पात्रहरुको जीवित सपनाहरुले कति धेरै मानिसहरुका जीवनबाट समर्पण हत्याइरहेका रहेछन् भन्ने जानकारीले उसको मानस प्रज्ज्वलित भयो उसका सपनाहरु पनि तिनै अमूक शहीदहरुका सापटी सपनाहरु थिएनन् ? साधारण मानिसहरु आफ्ना कामले गलेर रातमा थपक्क निदाउँथे तर तिनलाई के थाहा तिनीहरुले आँखा चिम्लिनासाथ तिनका सपनाहरु अरु कसैका इच्छाका क्रिडास्थल बन्ने कुरा ! यी शहीदहरुप्रति दिनेश असाध्यै क्रोधित भयो
तर सपना जसकै भए पनि ती आफ्नै आँखा छोपेर आउँथे शहीदका हुन् वा अरु कसैका वा आफ्नै, जसको भने पनि उसको समस्या तिनीहरुको उपस्थितिलाई लिएर थियो अब दुश्मनी नै भइसकेपछि त्यो दुश्मन चाहे आफूले चिनेको मान्छे होस् या अपरिचित, प्रश्न अन्ततः त्यसलाई पराजित गर्नमै रहन्छ दिनेशले आफ्नो यो युद्घको जालो अझ अनिश्चिततामा जेलिँदै गएको अनुभूति ¥यो
पार्कमा फर्केर पुग्दा त्यहाँ अघि सुतिरहेको ठाउँमा खैरे कुकुर थिएन वरिपरी छरिएका प्लास्टिकका खोलहरुबाट भेटेजति खानेकुरा लप्काइरहेको देखिन्थ्यो अपरान्हको व्यस्तताले पार्क लपक्कै भिजेको थियो मानिसहरुको आवतजावत चलिरहेको थियो मानिसहरु केके खाँदै, कुराकानी गर्दै, पार्कमा एकछिन आराम गर्दै जाँदै गर्थे तिनलाई देखेर उसलाई पनि केही खाउँ कि जस्तो भयो तर खानाले व्यर्थमा निद्रा निम्त्याउने खतरा भएकोले उसले सपनालाई परास्त नगरेसम्म ननिदाउने त्यसका निम्ति खानेपिउने काम नगर्ने निर्णय ¥यो मानिसहरु भगवान्मा भक्तिपूर्वक व्रत बस्तै आफ्ना सपना साकार होऊन् भन्ने कामना गर्थे तर उसले भने सपनाहरुबाट मुक्तीको निम्ति कठोर ब्रत लिएझैँ हुनपुग्यो
पार्कमा  त्यसै अल्मलिइरहँदा दिनेशले आफ्नो साँघुरो कोठामा धुम्धुम्ती डल्लिएर बसिरहने बानीको परिणामतः यो पार्ककै सेरोफेरोमा समय व्यतीत गरिरहेको महसुस ¥यो उसलाई लाग्यो सपनाको साँचो भेट्टाउन उसले अन्य स्थानहरुको पनि भ्रमण गर्नुपर्छ तर कुनै कारणबस पार्कमा हजारथरीका आवाजको स्वप्निल समुद्रमा थाहै नपाइ पौडिरहेको उसलाई यो स्थानबाट रत्तिभर सर्न मन लागेन यसरी मन नलाग्दा उसलाई झन् विश्वास बढ्न थाल्यो कि यहीँ उसलाई सपनाहरुको गोप्य सत्यसँग साक्षात्कार मिल्नेछ
सपनाबाट टाढा भाग्ने उपाय निकाल्न भनी घोत्लिँदा घोत्लिँदै साँझ ¥यो पार्क बिस्तारै खाली हुँदै गयो एकअर्काको अंगालोको स्वप्निल दुनियाँमा रमाइरहेका युगल जोडीहरु पनि पार्कका अपत्यारिला कुनाहरुबाट सुत्तसुत्त निस्किँदै सडकको घरफिर्तीको भङ्गालोमा मिसिए पानीपुरी बेच्नेहरु, चटपटे बेच्नेहरु, मकैका फूल बेच्नेहरु पनि सूर्यको समयचक्रलाई सलाम गर्दै पार्कबाट बाहिरिए छेउछाउ चियानास्ता पसल चलाउनेहरु पनि ग्राहकहरुलाई ख्वाएर आफ्ना सटर बन्द गर्न थाले सूर्य आफैं निद्राको कुन गहिराइमा पुगेको थियो थाहा भएन तर ताराहरु एलर्जी भएको शरीरमा बिमिरा उठेझैँ आकासको नरम त्वचामा उम्रिए जून आफ्नो भावी पूर्णिमाको उदात्त उदीप्तिको आश्वासन दिँदै निस्कलंक मोतीको परेली बनेर आँखा झिम्क्याउन लागिन्
यो रात्रिको मोहक वातावरणमा दिनेशको हविगत रमणीय दृश्यावलीहरुबीच अनकन्टार सुदूर इलाकामा बाटो भूलेर बिचल्ली परेको पर्यटककोझैँ भयो दिनभरको भौंताराइले थकित प्यासी थियो अनेक मनोतरङ्गहरुले डेरा जमाएको उसको मगजमा अबेर रातिसम्म पनि रातको केकस्तो इन्तजाम गर्ने भन्ने कुराले ठाउँ पाएन
अब पार्क पनि सुत्ने सुरसार कसेझैँ चकमन्न हुँदै गयो घरीघरी कुनै आश्रयविहीन मनुश्यको आगमनका संकेत दिने पदचाप कुकुरका ध्वनि, निदाउन लागेको मान्छेको मनमा दगुर्ने अनेकखाले तर्कनाझैँ आउँदै थिए गेटबाट बाहिर निस्किँदा सडकछेउको पसलको बन्द सटर अगाडी अघिको खैरे कुकुर रात्रिबत्तीको प्रकाशमा एउटा कुनामा डल्लो परेर आफैँमा गुट्मुटिँदै गरेको देखाप¥यो दिनेशलाई त्यसले सुतेको नखरा पार्न लागेको देखेर साह्रो रिस उठेर आयो एक लात्ति हान्ने मनसुवा लिएर त्यसको छेउ पुगी लात्ति के हानेको थ्यो त्यो चनाखो कुकुर साँच्चै जागै रहेछ फूर्तिसाथ निशानाबाट बच्यो दिनेशको खुट्टोचाहिँ भित्तामा बेस्सरी ठोक्कियो पीडामा अनेक गाली गर्दै लड्खडाएको गति बनेर सडकमा पोखियो एकछिन मूल सडकको पातलो गाडी मानवहरुको आवतजावत हेरिसकेर एउटा नदीको किनारैकिनार उम्रिएका मानव वस्तीहरुतिर लाग्यो त्यहाँ सडकमा एकतमासको नीरबता छाएको थियो सडकछेऊ भूकम्पले छोडिगएको भग्नावशेषझैँ लाग्ने छाप्राहरुमा निद्रा मस्त आफ्नै अजेय तालमा नाचिरहेको थियो छेवैको खोलाका किनारका ढुङ्गे तटबन्द पनि सललल बगिरहेको स्वप्नजस्तो खोलालाई आफूबीच च्यापेर यसरी निदाएका देखिन्थे मानौं तिनीहरुले अचानक बाढीको भङ्गालो आए आफूछेउका बस्तीहरुलाई जोगाउन एक इन्च पनि आफ्नो आङ तन्काउने छैनन् विचलित क्षोभग्रस्त भएर आकासतर्फ उसले दृष्टि लगाउँदै पुका¥यो—“हे भगवान् ! तर आकासमा अघि नै सूर्य हराइसकेको थियो चन्द्रमा अझ स्वप्निल सुन्दरी भएकी थिई
यतापट्टिको किनाराबाट एउटा पुल तरेर अर्कोपट्टि पुग्यो त्यहाँ घरहरु अलिक अग्ला कम्पाउण्डले घेरिएका कुनैकुनैमा रात्रिपालेहरु ड्यूटीमा बसेका लाग्दथे एउटा ठूलो घरको गेट अगाडि पालेको पोषाक लगाएको, लट्ठी बोकेको प्रौढ मान्छे चुरोट सल्काउँदै थियो दिनेश उसतर्फ बढ्यो तर धेरै नजिक आइपुग्दा त्यो पाले अलिक सतर्क भइ उसतर्फ फर्कियो
नजिक आइपुगेपछि दिनेशले सोध्यो—“दाई, तपाईँलाई निद्राले दुःख दिँदैन ?
उसको प्रश्न सोझोभन्दा पनि लाक्षणिक मानेर त्यो प्रौढ मान्छे एकछिन घोरियो टर्च बालेर दिनेशको हुलिया हे¥यो अनि अलिक आश्वस्त हुँदै भन्यो—“हेर भाइ, निद्राले अलिकति दुःख दिन्छ तर भोकले जति दिँदैन अनि चुरोटको एक सर्को तान्यो
दिनेशले केही सम्झेझैँ गरी सोध्यो—“ त्यसो भए तपाईँ दिउँसो सुत्नुहुन्छ होला हैन ?
विहान डेरातिर लागिन्छ अनि एक दुई झप्को लिइन्छ पालेले भन्यो
कत्तिको सपना देख्नुहुन्छ ? दिनेश चुरो कुरोमा आएर अड्कियो
अब पालेलाई यो युवकको प्रश्न सोधाइ हाँसउठ्दो लाग्न थाल्यो उसलाई यो अनौठो केटोसँग विस्तारमा कुरा गरेर अलि धेरै बुझ्ने इच्छा जाग्यो त्यसैले गेटभित्र पसेर दुईवटा मुडा लिएर आयो भन्यो :
बसेरै कुरा गरौं भाइ !
मुडामा बस्ता उति जाडो मौषम नभए पनि दिनेशलाई काँपिरहेको देखेर पालेले भोको रहेको अड्कल काट्यो आफ्नो गोजीबाट एक पुरिया बिस्कुट निकालेर खाऔँ भन्दै अगाडी बढायो
दिनेशले उसको विस्कुट भएको हाततिर हेर्दै भन्यो, होइन, मैले खान मिल्दैन सपना निमिट्यान्न पार्न भनी हिँडेको छु जबसम्म त्यो तरिका पत्ता लगाउँदिनँ खानै सक्तिनँ खायो भने निद्राले छोपिहाल्छ नि !
अब यो पालेले बुझ्यो यो केटो किन अस्वाभाविक प्रश्नहरु गद्र्रै यहाँसम्म आइपुगेको रहेछ भनेर उसले दिनेशलाई अरु प्रश्न ¥यो उसको दिनभरको कथा थाहा पायो अन्त्यमा उसले भन्यो, हेर भाइ, मसँग तिम्रो समस्याको समाधान तर त्यसको निम्ति तिमीले पनि मेरो औषधि खाएर हेर्नुपर्छ
एकाएक दिनेशको अनुहार उज्यालियो
हो भन्या ! तपाईँले सपनालाई नै जितिसक्नु भो !
हेर , थाहा पाइहाल्छौ पालेले भन्यो पर्ख है
यति भनेर फेरि भित्र पस्यो सधै एक्लै रातभर जाग्रम बस्नु पर्ने यो पालेलाई आज केही रमाइलो गर्न मनलाग्यो बाहिर आउँदा दुइवटा शिशाका गिलासमा तातो पानी लिएर आयो
लु, पहिला विस्कुट खाऔं अनि यो तरल पिउँला
पालेको कुराले ढुक्क भएको दिनेशले कुनै आनाकानी नगरी पुरियाबाट बिस्कुट निकाल्दै चपाउन थाल्यो पालेले पनि त्यसै ¥यो दिनभरको प्यासले सुख्खा भएको गलामा निल्न गाह्रो भएपछि आफ्नो ग्लासबाट सुरुप्प पानी पिउँदै दिनेशलाई पनि त्यसै गर्न उसले ईशारा ¥यो
पानी पिउँदा पानी ह्वास्सै गनाएझैँ लाग्यो दिनेशलाई औषधि कडा रहेछ, उसले भन्यो
पालेले अरु सुरुप्प पार्दै भन्यो,हो भाइ, झ्याप्पै काम गर्छ
यसरी केहीबेर कुरा गर्दै जाँदा दिनभरको भोको पेटमा न्यानो परेपछि हलुका रक्सीको मात लागेपछि दिनेशको शिर बेस्सरी घुम्न थाल्यो आफूले रक्सी पिएको होसै नभएको उसले पालेसँग दाई, लौ ! के भो, के भो ! टाउको घुम्न थाल्यो ! भन्द्रै सहयोग माग्न थाल्यो हाँसो दबाउँदै पालेले भन्यो, याँ छेउमा पल्ट !
विहान एउटा चिप्लो, तातो हावा हम्किरहने, न्यानो श्पर्शले दिनेशलाई व्यूँझायो त्यो स्पर्श निधारबाट नाक हुँदै मुखसम्म आइपुग्दा उसका आँखा खुले झस्किँदै उठ्यो उसको छेउ एउटा खैरो कुकुर उभिरहेको थियो दिनेशले वरिपरी हे¥यो हिजो अबेर रातिको पालेसँगको वार्तालाप उसलाई कताकता अपत्यारिलो लाग्यो उसलाई आँखा अगाडिको केहीमा विश्वासै लाग्न सकेन कहाँ थियो ? यो कुन सडकको पेटीमा लडिरहेको थियो ? छक्क पर्दै त्यो बाटोबाट ठूलो राजमार्गसम्म हिँडिसक्दा उसलाई यकिन भयो यो सपना नै हो जसरी भए पनि सपनालाई पराजित गर्ने उसको संकल्प उसले सम्झियो त्यसबाट बाहिर आउन बेस्सरी कराउन थाल्यो थोरै थोरै गर्दै गाडीहरुको चाप बढिरहेको राजमार्गको बीचमा पुगेर हाँस्न थाल्यो ट्राफिक प्रहरीले उसलाई समातेर छेउतिर ल्याउन खोज्यो तर उसले यो सपनै हो भन्दै उसैको गालामा एक थप्पड लगाइदियो विस्मय रिसले चूर भएको त्यो प्रहरीले उसलाई पनि बेस्सरी थप्पड लगाइदियो त्यो प्रहारले हुत्तिएर दिनेश सडकतिर धकेलियो त्यसैबखत एउटा किशोर बेगसाथ मोटरसाइकल हुइँक्याउँदै आइरहेको थियो दिनेशलाई प्रहार गरेर त्यो मोटरसाइकल पर्तिर पुगेर लड्यो
हत्तपत्त दगुर्दै ट्राफिक प्रहरी दिनेशको रगताम्य अनुहार हेर्न पुग्दा त्यहाँ अनौठो मुस्कान थियो उसका कम्पित ओठहरु केही बर्बराइरहेका थिए ट्राफिक प्रहरीले सुनेन तर भन्दै थियो, सपनाको दुर्घटना !