साना पैतालाहरू झरीझैँ आए
र आँगनभरी छरिएर
आँगन नै नचाए
तिनका चिरबिर लयले
गाउँकमान ब्यूँझाए
चरक्क घामको निद्राबाट
ढुकढुकी खोतलिदिएर !
म बार्दलीबाट हेर्दैछु
बर्षौ अगाडि सुकाउन टाँगेको
हँसिलो दशैँजस्तो लुगा
कत्ति पनि मक्किएको रहेनछ,
म चकित भइरहेको छु
फेरि ऐनामा आफूलाई चिन्दा
आफैँलाई भूलेर !