Sunday, November 3, 2013

ध्यौसीभैलो

साना पैतालाहरू झरीझैँ आए
र आँगनभरी छरिएर
आँगन नै नचाए
तिनका चिरबिर लयले
गाउँकमान ब्यूँझाए
चरक्क घामको निद्राबाट
ढुकढुकी खोतलिदिएर !


म बार्दलीबाट हेर्दैछु
बर्षौ अगाडि सुकाउन टाँगेको
हँसिलो दशैँजस्तो लुगा
कत्ति पनि मक्किएको रहेनछ,

म चकित भइरहेको छु
फेरि ऐनामा आफूलाई चिन्दा
आफैँलाई भूलेर !

Sunday, September 29, 2013

प्रयोगशालामा प्रेम


यसपल्ट हामी एबनर्मल तरिकाले क्याफे पसेका थियौं । कफीे पिउन एघार बजे कुनैहिसाबले पनि नर्मल थिएन । तर म उसलाई कुराकानीमा अल्झाउन चाहन्थें । छ महिनादेखि ऊ र मबीच गफगाफ ( जसमा इमेल, इन्स्ट्यान्ट मेसेज, टेलिफोन र प्रत्यक्ष भेटघाटबाट हुने कुराकानी, सबै पर्नसक्छन् ) एक किसिमको शीतयुद्धको स्याँठमा परेर ठप्प भएको थियो । अनौठो त के थियो भने यसलाई शीतयुद्ध नै भनेर बिल्ला भिराउन न त ऊ न त मनै राजी देखिन्थ्यौं, किनकी अहिले मैले अपर्झट मित्रपार्कनेर उसलाई भेटेर ‘कतै बसेर कुरा गरौं न’ भन्नासाथ ऊ सहजपूर्वक पछि लागेकी थिई ।

खालीखाली क्याफेमा सहज हुँदै उसले सुरुमै ममाथि टिप्पणी गरिहाली—‘मोटाउनु भएछ ।’ उसले यसो भन्दा उसका ‘इम्पर्सनल ’ आँखाहरुमा म मुस्कुराउन खोजें, तर त्यहाँ उति प्रोत्साहन देखिएन । बरू उसको स्वरुप नियाल्नतिर लागें । अलिक साँवलोपन बढेको छ तराइको घामबाट र निधारको देब्रे कुनातिर पर्ने गरेका विशेष खोपिल्टा अलिक सघन देखिन्छन् । मलाई उसको हालको व्यस्थताबारे सोध्ने इच्छा भयो, यस मानेमा कि कुराकानीलाई रफ्तार दिन आवश्यक थियो । मेरोे नियाल्याइबाट उसलाई असहज नहोस् भन्ने अभिप्राय पनि थिया,े र सोधें—‘अचेल के लेख्तै हुनुहुन्छ ?’

‘इतिहास ।’ उसका आँखीभौं निधारलाई घचेट्दै माथि उठे । उसले हाँसो दवाउने कसरत गरेकी थिई ।

यो उसको सदाबहार र सतही उत्तर हुन्थ्यो—‘इतिहास लेख्तैछु ।’ उसको दर्शन नै थियो कि केवल इतिहास लेख्न सकिन्छ । जति नै भविष्योदर्शी विचार भए पनि त्यसलाई स्वरुप दिने ‘मेटेरियल’ विगतकै हुन्छ भन्ने कुरा उसले जहीँ पनि जमघट हुनासाथ भन्ने गरेकी छे । यस मानेमा सतही उत्तर दिएर उसले लेखकीय ‘एङ्जाइटी’ अथवा  प्रसव भय देखाइरहेकी थिई । ऊ ठ्याक्कै लेखिरहेको कुराबारे वोल्न हिच्किचाइरहेकी थिई किनकी बोल्दा बगिन्छ र संचय गरेर राखेको वैचारिक र भावनात्मक जल सिर्जनाको घडाभन्दा बाहिरै पोखिइसक्छ । अनि मैले नै सोधें प्रसंग मोड्न भनेर —‘के पढ्दै हुनुहुन्छ ?’

पुराना कुरा
अरु प्रसंगहरुको बेलिविस्तार लगाइँदै गइनेछ तर त्यसभन्दा अगाडी हामी कसरी यति ठाडो प्रश्न गराइको तहसम्म मित्रवत् हुनपुगेका थियौं भन्नेमा पृष्ठभूमि खोल्नु पर्ला । लगभग दुई बर्ष अघि काठमाडौंमा चलिरहने अनेक साहित्यिक भेलामध्ये एउटामा उसलाई मैले पहिलो पटक भेटेको थिएँ । त्यहाँ उसले कविता सुनाएकी थिई । र जहीँ पनि पुरुष भीड बढी भएको ठाउँमा हुने गरेजस्तै मञ्चमा चढ्दा र ओर्लदा सिट्ठी र  तालीको चर्को उल्लासबीच ऊ मेरो दृष्टिमा पातली, फुर्तिली र नवीन व्यक्तिको रुपमा दर्ता भएकी थिई । यसरी दर्ता भएकी उसलाई आफू वरपर उत्ताउलिएर कोलाहल गरिरहेको श्रोतादिर्घाबाट अलग्गिएर हतारहतार परिचयको पासोमा पारीहाल्न म दिलोज्यानले लागेको थिएँ । संयोगले एउटा गजलकार साथीले उसलाई त्यहाँ ल्याएको रहेछ, उसैमार्फत् परिचय गरें। परिचय के गरें र, उनिने अवसर हत्याएँ भुवादार स्मृतिको जगल्टोमा । फेरि मेरो परिचय उही साथीले नै गराइदिई हाल्यो पनि —‘शिवजीको पहिलो कथासंग्रह दुई महिना अघि प्रकाशित भएको थियो ।’ अनि कृतिको नाम बताइसक्दा उसले मिडीयामा सुनेको तर पढ्न नभ्याइसकेको भन्दै मेरो फ्लप भएको साहित्यिक डे्व्यूलाई मन राखिदिनलाई नै भनेर सम्भवतः  इज्जत दिएकी थिई, जस्तो कि अपरिचितहरूले विना लोभलालच दिने गर्दछन् प्रथम भेटमा । त्यसपछि भने हाम्रो भेटघाट बढ्दै गयो । काठमाडौं खासै ठूलो नगर पनि त होइन । गजलका मण्डली र तिनमा रन्किने, झन्किने र गुञ्जिने गेयात्मक तरङ्गका सेरोफेरोमा भातृत्वको खोजीमा आएका हामी एकै स्थानमा टुप्लुकिइरहन्थ्यौं ।
साँझ र सनिबारहरू साहित्यिक गमघटको निम्ति अनुकूल रहन्थे । म स्कुले शिक्षक भएकोले दिनको समय उसै पनि अटेसमटेस रहन्थ्यो । ऊ भने कीर्तिपुर बस्थी, सहरको सघनताभन्दा टाढा, अंग्रेजीमा डिग्री गर्न । उसको झोलामा कुनै न कुनै अंग्रेजी क्यलासिक सधै रहन्थ्यो । ऊ नेपाली साहित्य प्रशस्तै पढ्थी र कुनै वादविवाद उठे त्यसमा होमिइहाल्थी । एकपटक अनामनगरको गजलमण्डलीबाट निस्किएपछि चिया पसलमा देवकोटासम्बन्धी गफ सुरु हुँदा उसले गरेको तर्क स्मरणीय छ । त्यसबेला ऊ काफ्का पढ्दै रहिछ । साथीहरुले मुनामदनबारे अनेक टिकाटिप्पणी गर्दा निकै बेरदेखि चुपचाप रहेकी उसले एक्कासी आफ्नो ब्यागबाट ‘मेटामोर्फोसिस’ निकाली र त्यसमा रहेको भूमिकाका केही हरप पढी, अनि भन्न थाली—‘मर्ने बेलामा काफ्काले आफ्ना नजिकका मित्रलाई सम्पूर्ण अप्रकाशित कृतिहरू नष्ट गरिदिने बाचा गराएका थिए । तर उनका ती मित्रले त्यो बाचा कायम राख्न सकेनन्  र तीन असमाप्त उपन्यासहरु उनको मृत्योपरान्त प्रकाशित भए । यसमा साथीहरुले, देवकोटाले जीवनको अन्त्यतिर प्रस्तुत गरेको अभिव्यक्तिसँग तुलना गरेर हेर्नसक्नुहुन्छ । उनले मुनामदनबाहेक सबै कृति डढाइदिए हुन्छ भन्दा मानिसको आफ्नो जीवनमाथिको  नियन्त्रणको चाहना देखिन्छ ।’

ऊ एकछिन रोकिइ र निधारलाई गाँठो पार्दै आफ्नो धारा प्रवाहलाई जारी राखी—‘मुनामदन उनकै जीवनकालमा अत्यन्तै जनप्रिय र उत्कृष्ट कृति मानिसकिएको थियो । अरु काव्यकृति बढी वौद्धिक र क्लिस्ट थिए । तिनको भावी पुस्ताले के मूल्यांकन गर्ला, उनलाई सम्भवतः चिन्ता थियो । जीवनभर नास्तिक रहेका उनी, पछि मृत्योपरान्तको अज्ञात्को भयबाट ग्रस्त भए, लेखे–‘आखिर श्रीकृष्ण रहेछ एक . . .’ उनी एकखाले निश्चितता चाहन्थे जसबाट आफ्नो कृतित्वबारे स्वयंमा स्पष्ट हुनसकून्, कि तिनबाट उनको जीवनको एकखाले अर्थ लागोस् । तर त्यो सुविधा त कसैलाई पनि कहीँबाट प्राप्य छैन । काफ्काको स्थिति अझ नाजुक थियो । जीवनकालमा उनको साहित्यिक व्यक्तित्वले उतिसारो उचाइ पाइसकेको थिएन । मृत्यु नजिकिँदै जाँदा उनका धेरै कृति प्रकाशित हुन, समाप्त हुन, बाँकी नै थिए । त्यसैले तिनबारे केकस्तो प्रतिक्रिया रहला  भन्ने उनले थाहा पाउन सक्ने थिएनन् । यो असक्षमता उनको क्षयरोगले ग्रस्त मानसिकतामा ठूलो भार थियो । उनले बरु आफ्नो भौतिक जीवनभन्दा लामो आयू बाँच्ने सम्भावना भएका सिर्जनालाई नै नष्ट गर्ने सम्मको कठोर निर्णय लिन पुगे । अज्ञात्लाई उनले आफूभन्दा माथि पर्न दिन चाहेनन् । ’

मैले सोधेथें—‘तर त्यस्ताखाले अभिव्यक्तिहरुको त उल्टो आशय पो हुन्छ होला त ! नष्ट गराउने बाचा गराएर काफ्काले आफ्ना पुस्तकहरु प्रकाशित हुने ग्यारेण्टी गराउन पुगे । देवकोटाले मुनामदनको उचाइ बढाउन पुगे, होइन र ?’ केही साथीहरु मानौं सहमतिमा मुस्कुराएथे ।

तर उसले तुरुन्तै फर्काइहाली—‘ ती त ऐतिहासिक विडम्बना हुन् । उनीहरुको मृत्योपरान्त उनीहरुका अभिव्यक्तिको के असर प¥यो भन्ने भन्दा पनि तात्कालिन सन्दर्भ र सत्यलाई हामीले हेर्नुपर्ने हुन्छ । काफ्का क्षयले जीर्ण थिए, देवकोटा क्यान्सरले । जीवनको अन्त्य निश्चितप्राय भइसक्दाका अभिव्यक्ति हुन् ती ।’


ऊ एकाध गजल र कविता लेख्नेवाहेक के गर्छे भन्ने मलाई थाहा थिएन । मैलेजस्तो केही संकलन गरेर छपाइहाल्ने हतारो पनि गरिरहेकी थिइन । म आफैं पुस्तक छपाउनाले ऋणमा डुबेको थिएँ । कितावका प्रति सित्तैमा धेरै बाँडिएको .अवस्था थियो । किन्नलाई म न त राजधानीको ‘साहित्यिक समुदायमा’ नवीन फेनोमेनन मानिएको थिएं न त दिग्गजहरुबाट मीडियामा प्राप्त हुने प्रसंसा र सुभकामनाका शब्दले मेरो ईमेजमा हावा भरिएको थियो । यस अर्थमा मेरो साहित्यिक कद मेरो भौतिक कदभन्दा फरक थिएन । एकसरो पातलो ज्यानमा उतिसारो व्यायामको नियमितता नहुँदा पुटुक्क भुँडी लाग्न थालेको । यस्तोमा साथीभाइ जिस्क्याउँछन्—‘तीन महिनाको गर्भ त बसेछ गाट्ठे !’ तब गजक्क परेर उत्तर दिइन्छ—‘चोरेर, ठगेर खा’को होइन, परिश्रमले कमाएर खाइ ला’को भुँडी हो । किन एक्र्ससाइज गरेर फ्याँक्नू ?’




—‘के पढ्दै हुनुहुन्छ ?’
उसले केही उत्तर दिइन बरु सीधा अनुहारमा हेरी । लाग्दथ्यो यतिञ्जेल ऊ अन्तै कतै थिई, अव ठीक मेरो सामू नै छे र भन्दैछे —‘ए शिव, तँलाई साँच्चै यस्तै प्रश्न गरिरहन मन छ ?’ मैले आँखा निहुराएर टेबुलको बीचतिर बसेको कप उठाउन हात अघि बढाएँ । मानौं म मूर्खझैं शव्दहीन शब्दहरुमा भनिरहेको छु—‘ किन, यो प्रश्न ठीक छैन र? यसरी सोध्न मिल्दैन र ?’ उसले मेरो हातलाई हलुका स्पर्श गरी । यसबीच हामीहरुले एकै शब्द बोलेनौं, तर भन्न सकिन्थ्यो हामीबीच संवेदनाका सागरहरु उर्लिरहे । कफी सिध्याएर रु १०० को एउटा हरियो नोट टक्रयाउनासाथ मैले उसको हात समाएँ र आफ्नो डेरातर्फ डोहो¥याएँ ।

झ्यालहरु, गन्धहरु
म बस्ने कोठाको अनुहार बाटोबाट यस्तो भित्तोको रुपमा देखिन्छ जसका स्वयम्भूकाझैं दुई आँखारुपी झ्यालहरु छन् । भित्ताको रंग निलो वा हरियो दुवै भन्न मिल्ने खालको छ । अरुबेला फुर्सदिला वा सून्य सोचका क्षणहरुमा म यी झ्यालमध्ये कुनै एकको पल्लाबाट घरको गेटसम्म ल्याइपु¥याउने छाप्रेढुंगा ओछ्याइएको गल्लीमा हिँड्ने मानिसहरु, तिनका वरिपरी सल्वलाइरहने, पुच्छर हल्लाइरहन,े कुकुरहरु नियाल्ने गर्थेँ । छेउछाउका अरु घरहरुका गेटमा मानिसहरु पसेको हेर्नु र तिनका बन्द कोठाहरुभित्रका रमिताबारे कल्पना  गर्नु मेरो ‘अमेचर’ शौख थियो । यस्तो विलासिताको भोगचलन गर्दा मेरो पछाडी घरीघरी चुलोमा बसाएको कुकरको सिट्ठि बज्थ्यो, दुध ताप्केको डिल कटेर उम्लिइजान्थ्यो अथवा खाना पकाउँदा पकाउँदै नुन सकिएको भन्दै पल्लो कोठाकी दिदी एकदुई चिम्टी नुन सापट माग्न आइपुग्थिन् । म बेहोसीबाट झस्किन, र झ्यालछेऊ सटिएको खाटबाट र कल्पनाभूमिको उचाइबाट एकैसाथ, तल ओर्लिन बाध्य हुन्थें । आज उसलाई हातैले डोहो¥याएर विस्तारै गेट खोल्दै घरभित्र पस्तै गर्दा मलाइर्, विहानविहानै छिमेकका घरहरूबाट घरमालिकहरुले आफ्ना पालुवा पहेरेदारहरुलाई नरम छालाको डोरी समाइ लघुसंका वा सके मलत्यागकै निम्ति कतै चौरतिर लगरिहेको दृश्यको सम्झना आयो । किन ? म भन्न सक्तिन, न त जान्न नै चाहन्छु ।

जति बेला म ढोकाको ताल्चा खोल्दै थिएँ मेरो मोबाइल बज्यो र फोन रिसिभ गर्न खोज्दा चिप्लेर हातबाट झ¥यो । म हतास भएको हुनुपर्छ, मेरा हात कापिँरहेका थिए होलान् । धड्कन तेज थियो होला । र यो सब सतहमा नदेखियोस् भनेर म बेजोड प्रयत्न गरिरहेको थिएँ होला । फलस्वरुप जस्तो कि भूकम्पमा हुन्छ, त्यस्तै भइरहेथ्यो । हलचल तलतल गहिराइमा थियो, कम्पन झन्झन् सतहमा बढेको थियो ।
कोठाभित्र पस्ता दुईथरी गन्धहरु एक्कासी अनुभूत भए । एउटा उसको शरीरको पफर््यूमको, अर्को भान्सा र वेडरुम एउटै भएको पुरुष डेरावालको बन्द कोठा खोल्दा आउने तिख्खर ‘फ्यूम’ को । भन्नाले जस्तो कि बैज्ञानिकहरुको रसायनहरु उम्लिरहेको प्रयोगशाला हुन्छ, अलिकति त्यस किसिमको प्रतीत भइरहेथ्यो मेरो कोठा एकाएक आज । मैले कोठामा उसलाई कहाँ बस्ने भन्ने निर्देशित पनि नगरीकन हतारिएर झ्यालका पल्लाहरु  उघारें । लाग्थ्यो आज यी चार दिवालले बनेको यो घनलाई सघन दृष्टिले यी झ्यालहरु मेरै विगतका आँखा बनेर हेरिरहेका छन्, प्रयोगशालामा मञ्चित भइरहेको प्रयोगझैं ।

बेडबाहेक कोठामा बस्नलाई कम्प्यूटर टेवलको कुर्सी थियो । घुम्ने कुर्सीमा एक फन्का मारेर, खाटमा बसेको मलाई एक पटक सामना गरी उसले । अनि काखको ब्याग खोलेर पर्सबाट रु ५० को न निलो न हरियो नोट निकाली । त्यसलाई टेवलको छेउमा राखिदिई । उसका दायाँ र वायाँपट्टि उभिएका किताबका ¥याकहरुबाट एउटाएउटा किताब निकाल्दै हेर्न थाली । एउटा पुस्तक हेरेर ¥याकमा पुनसर््थापित गरेपछि ऊ कुर्सीमा एक फन्को घुम्थी । यसरी उसले सात पटक घुमेकी हुनुपर्छ, म त्यति एकाग्र भएर नियालीरहेको थिएँ । यो सबै ऊ यसरी आफैंमा हराएर गरिरहेकी थिई मानौं सानी केटीले गुडियाको खेल खेलिरहेकी होस्, विल्कुल संसारदेखि हराएर । यसबीच उसलाई अनेकथरी किताबका पानामा मनमोजी तवरले घोत्लिएको हेरिरहँदा म शब्दहीन, कुनै ईशारा, संकेत, आह्वान, केही गर्न असक्षम र जडवत् बनेको थिएँ । दुईटा कुरा मनमा खेलिरहेका थिए —एउटा, अघि क्याफेबाट मैले उसलाई डोहो¥याएको थिइनँ, वरु त्यसो गर्ने उसको अमूक आदेशको पालना गरिरहेको रहेछु ;अर्को, मैले उसलाई नसोधी कफीको दुई कपको रु १०० तिरेको थिएँ जसमा उसको हिस्सा उसले यहाँ आएर व्यहोर्दै थिई । तेस्रो पनि कुरा मनमा खेलेको थियो तर त्यो अमूर्त थियो—अव के गर्ने भन्ने प्रश्न को अन्योल ।

अन्योल
सामाजिक विज्ञानका धेरै अध्ययनका मोडेलहरुमा तत्व वा ‘भेरिएबल’हरूबीचको सम्बन्धलाई गणितीय समीकरणमा राखेर हेर्ने चलन हुन्छ । एकपटकमा एउटा तत्व वा भरिएबललाई चलाएर अरु सबैलाई स्थीर राखी त्यसको व्यवहारको अध्ययन गरिन्छ । यस पटक यो स्थीर राखिएको चर वा भेरिएबल म थिएँ, र स्वचालितझैँ ऊ थिई सक्रिय । तर सामाजिक विज्ञानका मोडेलमा ‘तत्वको सक्रियता नियाल्ने’ भन्ने पूर्वनिश्चितता हुन्छ । हाम्रो सवालमा भने म विल्कुल योजनाविहीन र उसको निर्देशको पर्खाइमा रहेझैं थिएँ । उसले यो संकेत कतिवेला दिन्छे भन्ने थाहा नहुनु नै मेरो हकमा अन्योल थियो ।

भन्नलाई म परीकथाको त्यो परी भएको थिएँ जो राजकुमारको स्पर्शबाट अनन्त स्वप्नबाट जाग्नलाई प्रतीक्षारत हुन्छे । उसले हातमा  केहीबेरदेखि लिएको पुस्तकबाट आँखा हटाइ, पढिरहेको पानामा औंला राखेर चुरोट चेपेझैँ पुस्तकलाई चेपी, अनि टेबुलमा अघि राखेको रु ५० को नोट त्यहाँ बुकमार्कर बनाएर राखिदिई । अनि त्यसपछिका केही सेकेन्ड कसरी बिते भन्ने मलाई पत्तो रहेन, पत्तो हुन लाग्दा ऊ मेरो काखमा थचक्क बसेकी थिई जसरी बसमा यात्रुहरुका काखमा सिट नपाउँदा केटाकेटी बस्छन् ।

मानौं परीकथाको त्यो परीलाईझैँ भएको होस्, म संवेगहरुको भर्भराउँदो फोहोरा अनुभूत गर्न थालें । उसले मेरा दुबै हात आफ्नो नितम्बमा ल्याएर आफ्नो वरिपरी वाहुपास बनाइ । विस्तारै मेरा औंलालाई आफ्नो वक्षस्थलमा स्पर्श गराउन लागी । यो कतिञ्जेल जारी रह्यो म भन्न सक्तिनँ ।
एक्कासी ऊ मेरो शरीरबाट अलग्गिइ र उभिएर मलाई सामना गरी । उसका आँखा आवेगले ग्रस्त र मेरो ऐनाझैँ थिए । अनि मानौं हामी दुबैलाई आजसम्म कुनै ठूलो अन्याय हुँदै आएको होस्, मानौं यसो नगरेसम्म हाम्रो सुद्धीबुद्धिको अव कुनै ठेगान रहनेछैन, त्यसरी उसले चुम्बन गर्न लागी, त्यसरी हामीले चुम्बन र ‘फोरप्ले’ सुरु ग¥यौं ।
उत्कर्षको बेला हामी दुवैका आँखामा आँसु थिए । एकैसाथ हृदयमा हलुंगोपन र गह्रुङ्गोपन थियो । हलुंगोपन विगतको दृष्टिकोणबाट महसुस हुन्थ्यो, गह्रुङ्गोपन आगतको बाक्लो अनिश्चितताको कुहिरेमण्डलबाट आइरहेको थियो ।
उसले लुगा लगाइ र केही नभनीकन झ्याल छेउ गएर वाहिर हेर्न लागी । यसपटक ऊ जाँदा मैले झ्यालबाहिर हेरिनँ, लाग्थ्यो झ्यालका आँखा अझै भित्रै फर्किएका थिए ।

एक महिनापछि
ऊ मेरो कोठामा आएर त्यो समर्पण सम्भव भएको लगभग एक महिनापछि एक चर्चित साहित्यिक पत्रिकामा उसको एउटा कथा छापियो । उसको तस्वीर अलि भिन्न थियो । कपाल छोटो थियो । कथाको अन्तिममा लेखकको ठेगाना लेख्ने चलन हुन्छ, जसानुसार लेखिएको थियो ‘हाल काठमाण्डौमा ।’

जब कथा पढ्न थालें म पुरै झस्किएं । कथा सीधै आत्मवृत्तान्तात्मक शैलीमा कसैलाई सम्बोधन गरेर लेखिएको प्रेम पत्रको स्वरुपमा थियो । जुन घटना र निजात्मक भावनाहरु क्थामा वर्णन गरिएका थिए त्यसबाट स्पष्ट हुन्थ्यो ती मतिर निर्देश गरिएका थिए ।

‘. . . त्यस दिन हामीले अचानक बाटोमा भेट्नु एउटा संयोग थियो होला तर म क्याफे पस्ने निर्णय गरेदेखि नै यस अवसरलाई नियोजित किसिमले मोडिरहेकी थिएँ । हामीबीचको सन्नाटामा पेण्डुलम बनेको सम्बन्धलाई क्रियात्मक क्याइम्याक्स, निकास, अथवा, जेसुकै भनौं, निष्कर्षमा पु¥याउन चाहन्थें ं . . धेरै औपचारिक शिक्षा प्राप्त गरिएको छ, सामाजिक–साँस्किृतिक श्वासप्रश्वास गरिएको छ, यसबीच एउटा वास्तविक परीक्षण गर्न चाहन्थें . . .’ अनि सीधा सम्बोधन सुरु हुन्थ्यो—‘ . . .तिम्रो कोठामा पसेपछि मैले बुझें कि प्रेम गम्भीर जिम्मेवारी हुन्छ जसमा आफ्नो विवेक विल्कुल निर्वाध चल्न सक्नुपर्छ, स्वतन्त्र बन्न सक्नुपर्छ आफू . . . अनि लाग्यो एउटा खेलझैं खेल्नुपर्छ, किनकी गम्भीरताले धेरै कुराको माग गर्दछ जुन आवश्यक हुन्नथे . . . त्यो एउटा छुट्टा घटनाबाट, जसमा मैले पचासको नोट किताबमा घुसारें, म प्रत्येक चाललाई अनुमान र आँकलनभन्दा पर लैजान चाहन्थें जुन असाध्यै कठिन थियो, यति भन्न सक्छु त्यो पूर्वविचारित थिएन, सत्ते स्वतस्फूर्त त्यस्तो गरेकी थिएँ मैले कि मानौं म कन्भिन्स्ड थिएँ कसैगरी कि त्यो क्षणमा मैले त्यसो नगर्दा अर्को पल जसरी वित्नगो त्यसरी वित्ने थिएन, अनि अर्को पल, अनि अर्को पल, अनि अर्को पल त्यसरी वित्ने थिएनन् . . . र घटनाहरुको सिलसिला जसरी अघि बढ्यो, त्यसरी अघि बढ्ने पनि थिएन . .’  त्यो कथा थियो र त्यसकारण, एकैसाथ, कसैप्रति सम्बोधित भएको त्यति नठानिन सक्थ्यो, जति ठानिन सक्थ्यो । यी समानान्तर सत्यहरुबीच म कथाको हरफहरुबाट आफ्नो धारणा तयार गर्दै स्वचालित मनोगतिमा पढिरहेको थिएँ । ‘ . . . हो, हामीबीच पहिले अनेक पटक कटाक्षमय कुराकानी भएका हुन् जसमा हामी दुवै स्पष्टताबाट भाग्नुलाई रोमाञ्चकारी मानिरहेका हुन्थ्यौं, जुन हामीले बुझ्दै पनि गएका थियौ कि विल्कुलै वेतुकको कुरा थियो, किनकी छोटो चोलामा आत्मियताका कतिपय कुराहरुमा क्षणिक नै भए पनि स्पष्टताका गोरेटा आवश्यक पर्दा रहेछन् . . . म आफ्नै प्रयोगले आधा परीक्षित भएँ, अब आधा तिम्रो मौनताको ढोकाबाट प्रस्फुटन हुने पहिलो ध्वनिले बताउनेछ . . . म मेरो झ्यालको पर्दा पन्साएर गल्लीतर्फ हरिरहेकी छु र सोच्दैछुँ तिमीकहाँ यी शब्दहरु प्रतीक्षाको सन्देश बोकेर मूर्त हुनेछन् ।’ मलाई लाग्यो, निमेषभर, कि कोही साँच्चै ढोका अगाडी उभिइरहेको छ । हाँस उठ्दो पूरा ।

‘बुकमार्कर’को कुटिल खेल
कथाको अन्त्य पढिसक्दा बारम्बार मेरो मगज बुकमार्करको घटनामा आएर अल्झिरहेथ्यो । त्यो कितावतर्फ यत्तिका दिन मेरो ध्यान गएकै रहेनछ । ¥याकबाट टिपेर हेर्दा देखें उसले घुम्ने कुर्सीमा बसी अन्तिम फन्को लगाइ पाना पल्टाएको पुस्तक ध्रुवचन्द्र गौतमको कथासंग्रह रहेछ । त्यहाँ उसले जहाँ रु ५० को नोट घुसारिदिएकी थिई, कथा ‘आगन्तुक १, आगन्तुक २’ पर्दथ्यो । त्यो कथा दुई साथी आफ्नो युवाकालको तेस्रो साथीलाई भेट्न गइरहेका हुन्छन् धेरैे बर्षपछि । त्यो तेस्रो साथी सम्पन्न र प्रतिष्ठित भइसकेको हुन्छ जब कि यी दुई खासै गति पर्न सकेका हुँदैनन् । मैले घत लागेका केही लाइन रेखाङ्कन गरेको थिएँ पेन्सिलले, त्यहाँ त्यो पचासको नोट चेपिएको थियो । ती हरफ यसप्रकार थिए—‘ हामी दुईजना र यो शिवे एक अर्कालाई हेर्न थाल्यौं । बूढो देखिन थालेछौं । उसको फेरि त्यस्तो देखिएन । १०–५ बर्ष अझै थरीथरीका जलपरी, धान्लाजस्तो छ । मान्छे उमेरले मात्र बूढो हुन्छ भन्ने कुरालाई उसले गलत सावित गरिदिएको थियो । हामीलाई प्रसन्नता पनि भयो, हाम्रो एक आत्मीय मित्र अझै युवा देखिन्छ । हामीभन्दा २÷३ बर्ष जेठै थियो। हामी भने यति झुरझार भइसक्यौ कि ठिटीहरु कतै सिट नपाए काखमा बस्न पनि निर्लिप्त भएर स्वीकार गरुन् । पछि हामीलाई बदमास भनेर काख छाडेर भाग्थे यसमा सन्देह थिएन। कारण, तिनीहरु जुन निर्लिप्तताका साथ वस्ता हुन्, त्यो त हामीसँगै पक्कै हुँदैन थियो अनि त्यसपछि . . . भैगो यसलाई नलम्ब्याऊँ ।’

गौतमको यो ह्यूमर अनुच्छेदप्रति नाक खुम्च्याउँदै ‘ऊ’ अर्थात् शर्मिलाले एक पटक मैले नेपालमा महिला आख्यानकारहरुले ‘हाँस्य’को प्रचुर उपयोग गर्न नसकेको, वरु बढी उत्पीडनकेन्द्रित न्यारेसनमा नै अधिक निर्भरता देखाएको भनी टिप्पणी गर्दा भनेकी थिई—‘यी यसरी हाँस्य समेत पुरुष कब्जामा छ, पुरुषले हाँस्ने गरी स्थापित गरिएको छ , महिला जहीँ पनि हाँसिन्छे मात्र ।’ एक महिना अघि मेरो कोठामा उसले घुम्ने मेचमा बसेर पढेको यो अनुच्छेद मानौं हामीबीचको दूरीलाई काउँकुती लगाइलगाइ हँसाइरहेको थियो, तदनुरुपले म वेचैन भएँ ।

अर्को मञ्चन

अनि मैले उसलाई फोन गरें जसपश्चात् म हिडें उसले वताएको ठेगानातर्फ । मैले पढेका कतिपय हाँसउठ्दा साहित्यिक प्रसंगहरु मनमा तछाँडमछाँड गरिरहेथे अव शिघ्र मञ्चन हुने आशामा ।

Wednesday, August 21, 2013

चाकाचुली



भृकुटी मण्डपभित्रको लत्ताकपडा लगायतका सामग्रीहरु बेच्ने खुद्रा पसलहरुको लामो सुरुङमार्गमा हिंड्नु मेरो निम्ति रमाइलो र सुविधा दुवै हुने गरेको छ । त्रिपालहरुको लामो छानामुनि हिँडिरहँदा त्यहाँ न जाडोको सिरेटो चल्छ न घामको तिरिमिरी आँखामा टट्टिन्छ । न बर्षात्ले निथ्रुक्क भिजाउने हिम्मत गर्नसक्छ, न बाहिरको सडककोजस्तो होहल्ला र धुवाँधुलो खप्नुपर्छ । त्यसैले लाइब्रेरीबाट फर्कदा खचाखच नेपाल यातायात चढ्नलाई बस स्ट्याण्डतिर जाँदा म प्रदर्शनी मार्गमा यही पसलैपसलको सुरुङबाट निस्किने गर्छु ।

पसलेहरुलाई चाहिँ मैले त्यहाँ हिँड्नुले कुनै काइदा पर्दैन । थोरै मात्र पनि शिर छेउपट्टि फर्कियो भने घडीहरु शिशाको फ्रेममा सजाएर राखेकी अधबैसे महिलाले भनिहाल्छिन्—‘घडी हेर्ने हो दाइ ?’ धत् ! मैले त धुलोबाट बच्न लगाएको मास्क अझै खोलेको रहेनछु । उनलाई मेरो उमेरको अड्कल लगाउन मुस्किल परेकोले ‘दाई’ भनिन् । मास्क फुकालेर गोजीमा हालिसक्दा म दुबैपट्टि करीब दश–दशवटा पसल छाडेर अगाडी आइसकेको हुन्छु । त्यहाँ पेटीको पसल रुँगेर एउटा ठिटो मुडामा बसेको छ । उसले केही भन्न खोज्दै थियो, मचाहिँ सुरुसुरु हिंडिरहेँ । तर मोजा, रुमाल, आदि बेच्न बसेकी पसल्नीले भनिन्—‘मोजा हेरौं भाइ ।’

यो पसलेहरुको ‘एरिया’ भएकोले म सम्भावित क्रेताको परिचय बोकेर भित्रबाहिर गरेको हुन्छु । म उनीहरुको बोलावट ,‘सामान हेरौं है’ भन्ने सानो स्वरमा अभिव्यक्त विनीत आह्वान सजिलैसँग वेवास्ता गर्दै अघि बढ्न सक्छु । खैर, त्यहाँ थोरै भए पनि शक्तिशाली प्रतीत हुन्छु । तर यो साँच्चै यति विस्तारमा सोच्न लायकको शक्ति हो त ? कसैगरी उनीहरुमध्ये एउटाको स्वरले वा वेच्नलाई सजाएर राखेका सामानले वा मेरै आवश्यकताले मलाई एउटा पसलको अगाडी ठक्क रोकाएको भए के हुन्थ्यो ? धेरैलाई थाहा छ (‘सबै’ नभनिहालौं किनकी पैसा प्रसस्त हुनेहरु वा भएजस्तो अभिनय गर्न रुचाउने कतिपयचाहिँ अलि महंगा र ‘एक्जोटिक’ सामान किन्न ठूला मलतिर दौडिइहाल्ने पनि त गर्दछन् !) यी पसलहरुमा भरमार ‘बार्गेनिङ’ चल्छ । बार्गेनिङ गर्न खप्पीस एकजना महिला नातेदार भन्थिन् रु १८०० पर्ने भनेको माल उनले पाँच मिनेटभित्रै अढाइसयमा किनेर देखाइदिइन् । उनीसँग साथै रहेका संगीहरु तीनछक्क परे अरे । त्यस्तो छ भृकुटीमण्डपको किंवदन्तीय छवि बार्गेनिङको सेरोफेरोमा ! तर खाली दिमाग न हो, यो कल्पनाको माध्यमबाट आफू अनुपस्थित घटनाको चपरीमा गड्यौलालेझैँ चिप्लिइ पस्न खोज्छ । ती बजारिय क्रेयदक्षतामा अब्बल मेरी दिदी पर्ने नातेदारले कस्तो अदव र सन्तुलित आत्मविश्वासयुक्त व्यक्तित्व प्रस्तुत गर्दै आफूलाई सो बार्गेनिङको मैदानमा उतारिन् होला ?

उनले सीधै रु १८०० भनेको सामानलाई ‘दुईसयमा दिने ?’ भनी सोधिन् होला ?

दिदीले त्यसो भनेको सम्भावना धेरै छ किनकी उनले त्यति नभनी अढाइसयमा त्यो सामान किन्ने कतै सम्भव देखिंदैन । तर उनले त्यसरी सोध्नासाथ त्यो पसलेको अनुहारमा कस्तो परिवर्तन आयो ? उसले कस्तो प्रतिक्रिया देखायो ? के भन्यो ? उसले साँच्चै रिसाएर ‘कुरै नगर्नोस् !’ भन्न सक्ने सम्भावना म देख्तिनँ । किनकी उसले अन्ततः सामान बेचेरै छोड्यो, त्यो पनि सुरुमा उसले बताएको भन्दा असाध्यै कम मोलमा ।

यो बार्गेनिङको एउटा घटना सुनाउनलाई एउटा औसत रित्तो गफभन्दा बाहेक अरु केही नलाग्न सक्छ । हो पनि ! एकजना बोलीमा खप्पीस क्रेताले विक्रेतालाई ‘सामान किन्दिनँ है’ भनी धम्क्याउनुदेखि ‘हामी सधैँ आइरहने ग्राहकलाई त हलुङ्गो हुनुप¥यो नि !’ भन्नेसम्मका विनयजन्य उद्गारहरुका हत्कण्डा अपनाएर कुशल क्रय गरेको औसत घटना नै त हो ! तर त्यो दुई–चार मिनेटको बोलीमा कति शक्तिको खेल प्रदर्शित हुन्छ, समझदारीको दोहोरी खेलिन्छ, अभिनययुक्त र हार्दिकतायुक्त शाब्दीक साटासाट गरिन्छ, त्यो पक्कै हाम्रो समग्र जीवनकै भित्री बनोट हो ! यदि त्यसो होइन भने हाम्रो जीवन पनि त्यही बार्गेनिंगजस्तै रित्तो खेलभन्दा बढी केही होइन ।
हामीलाई सत्ताको निम्ति चलेका घम्साघम्सी, सहमतिको नामको बार्गेनिङका खबरहरुले सधै प्रेशद्धारा वहन हुने बाढी बनेर बगाइरहन्छन् । तर सडकको एउटाएउटा सानोभन्दा सानो मानवीय अन्तक्र्रियामा मैले बार्गेनिङको महाकथा घटेको देखेको छु । तपाईँलाई लाग्नसक्छ म एउटा कुरालाई तन्काउन नसकिने हदसम्म तन्काइरहको छु, छातालाई आकाश हो भन्ने किसिमको घोषणा गरिहेको छु । मैले भन्न खोजेको यति मात्र हो ः छाताको मुन्तिर होस् या बादलु आकाशको मुन्तिर, मान्छेले अनुभूत गर्ने, गर्न पाउने, मुनि हुनुको अनुभव मुनि हुनुको नै हो ।(तर ‘छाता ओढेपछि म बादल बर्षिए पनि ओत पाएकोले बादलमाथि भएको अनुभूत गर्छु’ भनेर विजयभावको साथ नहाँसिदिनुहोला ! कृपया विनोदप्रिय पाठकले त्यसरी अर्को अर्थ नलगाइदिनुहोला ।)

मान्छे भएर घटित भइ मैले गरेका वा नगरेका क्रियाकलाप, बोलेका वा मनमनै चपाएका वा बोल्नुपर्छ भनेर मजगमा उत्पन्न हुनै नसकेका अज्ञात् बाक्यहरु, यी सबै दृश्यअदृश्य शक्तिका चाकाचुलीमा अनेक वजनसाथ र उचाइसम्म मच्चिइरहेका पाउँछु म । के भएको हुन्छ मलाई जब अफिसमा कम्प्युटरमा एकचित्त भइरहेको बखत अचानक मेरो हाकिम मेरो अगाडी टुप्लुकिन्छ ? म कुर्सीमा अडेस लागेको बसेको पोस्चरबाट एकाएक सीधा ढाड पार्न पुग्छु, मुहारमा एउटा सतर्कतापूर्ण मुस्कान उपस्थित गराउँछु, उसका प्रत्येक शब्दमा अतिरिक्त एकाग्रतासाथ सुनेझैँ प्रस्तुत हुन्छु । यहाँ शक्तिको चाकाचुलीमा म अत्यन्त कम वजनसाथ उपस्थित भएँ होला ? यहाँ सन्तुलनको विन्दु समथल भन्दा मलाई तल पार्ने गरी स्थीर भयो होला !
तर संका उठ्छ ः उमेरले, पैसाले, पदले ठूलो वा सानो ठम्याएर स्वाभाविक रुपले सम्बन्धहरु क्रियाशील हुन्छन्, आफ्नो सन्तुलन र सामञ्जस्य पहिल्याउँछन्, भेट्टाउँछन् ।

त्यसो भए कार्यालयबाट बाहिर निस्किनासाथ कतिपटक प्रोढहरुसँग बाटोमा ठोक्किँदा पछाडी फर्केर एकै पल्ट ‘माफ गर्नुस् है’ भन्नेसम्मको भद्रता नदेखाइ किन म सुरुसुरु हिँडेको छु त ? खैर, आफ्नो अभद्रताको विस्कुन लगाइ कति निर्लज्जता प्रस्तुत गरुँ ? कति उद्दण्डता बाहिर देखाउँ ? तथापि यो प्रश्न लिसोझैँ टाँसिइरहन्छ ।
द्धन्दवादको, विपरित शक्तिहरुको द्धन्दबाट अन्ततः प्राप्त हुने संश्लेषणको निमयलाई होइन, भन्नलाई होइन । कुरा त्यतिमा आएर टुङ्गिए पनि टुङ्गो लाग्नुपूर्वका बाङ्गाटिङ्गा र बाटै नपर्ने छुट्टा आवेग र भावनाहरुको पनि हो । सतत् तार्किकताको रेखामा चलिरहँदा पनि ती रेखा पलपलमा बक्रिय, बाङ्गो देखिनुका अनुभवहरुको कुरा हो ।

एउटा साँझ भृकुटी मण्डपको उही पसलेमार्गबाट निस्किएर घर पुग्नै लाग्दा चोकमा आइपुगी मटन मोमो खाने चौचौ निको पार्न एउटा चमेनामा पसेँ । मोमो मीठै थियो । सुपजस्तो अचार किफायत गर्नुभन्दा थपीथपी मगाएँ, खाएँ । मोमो पनि थपेँ । बाहिर निस्किँदा सडकछेउ तरकारी बेच्ने र किन्नेको घमासान बार्गेनिङ्ग चलिरहको, गाडीको हर्नको कोलाहल थियो । बाटो कटेर पल्लो छेउतिर जाँदा बीचैमा ट्राफिक प्रहरीले च्याप्प हात पक्रेर रोक्यो र हलुको गरी धकेल्यो । थामिएर हेर्दा अर्कोतर्पmबाट मतिर एउटा टेम्पो बेगसाथ आइरहेको रहेछ । धुवाँबाट बच्न मास्क लगाएको थिएँ अनुहारमा, ट्राफिक प्रहरीको अनुहारमा पनि मास्क थियो । हामीले एक–अर्काको अनुहारको भङ्गिमा कति बुझ्यौं ? उसका आँखामा सहज रुपले आफ्नो ड्युटी गरिरहेको ध्वाँस झल्किन्थ्यो ? मेरा आँखामा कृतज्ञता र क्रोधको मुन्टो निमोठिएको अनुभूतिमिश्रित रनभूल्लता ? 

सडकपार गरेर मेरो गल्लीतिर टेक्दा मेरो छवैबाट एउटा कुकुर निसंकोच आयो । एक्कासी त्यो बेस्सरी करायो । हेर्दा त्यस्को खुट्टो मेरो जुत्ताको कडा सोलले किच्चिएछ । निकैबेर मलाई अघिको नास्ता वमन होलाझैँ भइरह्यो, कानमा त्यो छिमेकको कुकुरको चित्कार रिङ्गिरह्यो ।

Wednesday, July 10, 2013

कति सभ्य छौं हामी ?







प्रश्न दार्शनिक लाग्न सक्छ तर मेरो चाख सामान्य अनुभूतिको हो विशेषणपदसभ्यताको मानवशास्त्रीय समाजशास्त्रीय नालिवेली खुट्याउनु भन्दा पनि सामान्यतया वुझिनेपरिपक्वताको खुट्याईमा केन्द्रित हुन चाहन्छु एउटा सामान्य वालकले पनि सडकमा विरोध पदर्शनको परिणाम स्वरुप घटित हुने विध्वंशको दैनन्दिकीबाट आहत भएर गर्न सक्ने  प्रश्नकति असभ्य भएका मान्छेहरु ? — को भावनाको समीप रहेरसभ्यताको एउटा त्यान्द्रो पक्रिन खोज्दैछु

हाम्रा सामाजिक एवं मानवशास्त्रीय विज्ञानका ठेलीहरुले हामीलाई बारम्बार वताई रहन्छन् — “मानव समाज अघि वढिरहेको , सभ्य हुदै गईरहेको , दश हजार वर्ष अघिको गुफा मानव के दुई सय वर्ष अघिको सामाजिक भौगोलिक संकुचनको वेडीबाट फुक्दै आशातीत उन्नयन साकार पारिसकेको तर फेरि समाजमै क्षुव्ध परिघोषको यस्तो तरङ्ग पनि तरङ्गित भईरहेकै हुन्छ — “इतिहासबाट पाठ सिकिएन ! एउटै गल्ती दोहोरिईरहेको मान्छेहरु उत्तिकै वर्वर असभ्य छन्   यी दुई चिन्तनका धराहरुवीच हाम्रा विचारहरु कतै रुमल्लिई रहेका होलान् यी सबैखाले चिन्तनहरुको भित्री तरङ्ग निर्माण गर्ने वा तय गर्ने एउटा प्रमुख प्रश्न हो — ”कति सभ्य छौं हामी ?” यो सामाजिक दूरावस्था प्रतिको दिक्दारीको अभिव्यक्ति मात्र हुँदो हो त्यसले गहिरो अर्थ राख्न सक्ने थिएन होला तर यो प्रश्न आफ्नो तीव्रताको उत्तेजक उठान सहित हरेक व्यक्तिको स्वकेन्द्रित अन्तरङ्गआत्म नियाल्याईबन्न उद्घत रहन्छ प्रत्येक कालखण्डमा व्यक्तिव्यक्ति शापेक्ष विशिष्ट रहँदै चाहि नचाहि समाजको साझा सम्पत्ति बनिरहन्छ अतःकति सभ्य छौं हामी ?

स्वाभाविकै एउटा व्यक्ति त्यति नै सभ्य हुन्छ जति उसको सामाजिक संस्कारको छाप उसको सोच व्यवहारमा परेको हुन्छ संस्कार समाजको ज्ञान अनुभवको ऐतिहासिक सङ्ग्रह तात्कालिन सामाजिक वास्तविकता आवश्यकताले निर्धारित परिफलन भएकोले यो नवीन हुँदा हुँदै पनि ऐतिहासिक हुन्छ, वर्तमान पिंढीको संशोधनको निमित्त खुला भए पनि कैयौं पिंढीको जीवनबोधको ओजले परिष्कृत अटल हुन्छ अतः सांस्कृतिक रुपमा जीवन्त कुनै पनि समाजमा सामाजिक संस्कार निरन्तर उद्विकसित भई रहन्छ, निरन्तर वहसरछलफल (डिस्कोर्स ) मा रही रहन्छ यसमा उति विमति नहोला तर प्रश्न समाजमा देखिइरहने असभ्य व्यवहारको अडिग निरन्तरताको, पुनरावृत्तिको गुत्थीसमाजको यो झुप्पो विशालतालाई व्यक्तिको लघुता वा एकाईमा खोतल्दा केही हदसम्म खुल्ला त्यसको एउटा सहज जमर्को गरौं  

जब तपाई कुनै कृत्यलाईबर्बर”, “पासविक”, “अमानवीयवामध्ययुगीनजस्ता विशेषणहरुले चित्रित गर्नु हुन्छ त्यसवेला तपाईले त्यस्तो कृत्यलाई वर्तमान समाजमा असुहाउँदो, विगत मानवीय परिवक्वताको दृष्टिकोणले सापेक्षित रुपमा अघिल्लो चरणको व्यवहारको झल्को पाउनु भएको हुन्छ तपाईंको विष्मयको स्वाभाविक कारण हो यस्तो मान्यताजे कुरा समाजले निश्चितताका साथ एक पटक जानिसकेको त्यसले सो घटना घटित भएउत्तरका सबैलाई स्पष्ट पाठ दिनुपर्छ यो पाठको प्रभाव अहिलेको कर्ममा नदेखिनु नै तपाईँको नजरमाअसभ्यताहो, पक्कै पनि (आखिर विरोधीको भौतिक सफायाको बर्बर समाजकालीन परम्परा अहिले देखिने हिंसात्मक विरोधबीचको समानतावोधले नै मानवीय असभ्यताको ठम्याईलाई बारम्बार सान्दर्भिकता दिईरहन्छ वर्तमान विश्वमा)

प्रत्येक मान्छेको जीवन एक पटकलाई हुन्छ (हाम्रा आध्यात्मिक ग्रन्थ चिन्तनले वताईरहने अनेक जीवनको अनन्त लर्कोको अवधारणालाई एक छिन छेउ लगाऊँ) उसले वाल्यावस्थादेखि सिक्न सक्नेजति सिक्छ, अनुभूत गर्छ, जान्दछ, बुझ्दछ, आफ्नो चिन्तन, कर्म भावनाहरुलाई व्यवस्थित संशोधित गर्दै लैजान्छ, त्यसबाट गुज्रिन्छ यस अर्थ हरेक व्यक्ति व्यक्तिगत रुपमा सभ्यतातर्फ उन्मुखताको उसको एक्लो, नितान्त भिन्न पथमा हिंड्दछ जस्तो सामाजिक परिवेशमा जन्मिन हुर्किन पुग्छ, त्यो समाजको ऐतिहासिक जीवनसंग मिसिएको उसको मौलिक जीवन हुन्छ समाजको ऐतिहासिक जीवन नदी हो भने त्यसको एक अल्पकालीन धार हो एउटा वर्षाको भेल हो आफ्नो जलराशी दिशावोध सहितको यही मौलिक जीवनमा उसले केही अंश समाजको सामुहिक स्मरणबाट प्राप्त गर्दछ भने धेरै चाहिँ उसले आफू बाँच्नुको दैनन्दिकी बास्तविकताको प्रत्यक्ष भोगाईबाट प्राप्त गर्दछ तसर्थ, विश्वको चरम् आधुनिक ठहरिएको समाजमा होस् वा संसारकै पिछलग्गु समुदायमा होस् हरेक व्यक्ति एउटा वैयक्तिक उद्विकासबाट गुज्रिइरहेको हुन्छ उसको आफ्नै बर्बर अवस्था हुन्छ, आफ्नै सभ्यतातर्फको संक्रमणको मिहिन कहानी हुन्छ यस कहानी भित्र नै सामाजिक स्मरणले दर्शाउने आदिम भूलहरु परिवक्वताको पथमा आईपर्ने स्वाभाविकताका साथ घटित भइरहन्छन् पिंढी दर पिंढी आफूलाई नवीकृत गरिरहने समाजमा एउटा पिंढीबाट अर्को पिंढी सर्लक्कै छुट्टिन नसक्नाले नै सम्भवतः सामाजिक स्मरणमा अभिबृद्धि हुदै जान्छ यदि एउटा पिंढीले अर्को पिंढीलाई पूर्णतया भौतिक विस्थापन गर्नु पर्ने वाध्यता रहन्थ्यो समाज हरेकपल्ट आफुलाई शुन्य विन्दूबाट उभ्याउने अनन्त शिशिफसको मिथकमा जकडिन्थ्यो होला तर दशौं हजार वर्षदेखि मोटामोटी रुपमा मानवताले ऐतिहासिक अटूटता कायम राखिराखेकै त्यसैले मानव समाजमा देखिने, हरेक युगमा नवीकृत भईरहने बर्बर प्रबृत्ति (सापेक्षित) एउटा अनिवार्य नियति हो विकासको बाटोमा हिंड्नुको छोरा छोरीले पनि जीवनको त्यो निश्चित अवस्थाको पाठ गल्ती नगरी सिक्दैनन् जीवनको जुन ज्ञान तिनका बाबु आमाले गल्ती गरेरै सिकेका थिए तथापि, अघि भनिएको सामाजिक स्मरणको निरन्तर लर्को कायम रहिरहनुको लाभ नै यही कि नयाँ पुस्ताले त्यसबाट दृष्टान्त पाओस् प्रयोग परीक्षणको चेष्टालाई चेतनाको सुधारिएको सिराबाट प्रक्षेपण गर्न सकोस् आगतभरी मानवीय जीवन वा वैयक्तिकतामा अन्तर्निहित यस्तो परिपक्वताको अनुक्रम वा सिलसिला अवश्यंभावी , अनवरत समस्या यसले समाजमा निश्चित कालखण्डमा अपनाउन सक्ने विनाशकारी एवं प्रतिगमनकारी स्वरुपलाई लिएर हो चिन्ताको घडी त्यसवेला आउँछ जब सामाजिक अभ्यास वा प्रयोग स्वयं समाजको प्रगतिको धारलाई रोक्न वा सुकाउन उद्धत हुनपुग्छ इतिहासमा फर्किएर हेर्दा हामी पाउँछौँ यो पटक पटक सम्भव भएको त्यसको कारणहरु खोतल्नु यस लेखेको अभिप्राय नभएकोले शीर्षकमै केन्द्रित हुन चाहन्छु

कति सभ्य छौं हामी ? अथवा कति सभ्य छु ? यस प्रश्न हरेक व्यक्तिले आफ्नो स्वतन्त्रताको अभिव्यक्ति गर्ने क्रममा उसले देखाउने व्यवहारलाई लिएर आपँैmसँग तर्क गर्नु पर्ने विचारणीय कुरा हो भीडमा वा कुनैखाले हुलमा हुत्तिइरहेको आत्मचिन्तनको जिम्मेवारीबाट निबृत्तझँै भएर आफ्नो कार्यलाई तार्किक वेवास्तासाथ सम्पन्न गरिरहेको कुनै पनि व्यक्तिले सतर्कताको साथ आफैँलाई सोध्नुपर्ने प्रश्न हो योयो कर्ममा कत्तिको विवेक ? कत्तिको परिपक्वता ? अथवा आवेगात्मक प्रदर्शनको अन्य कुनै विकल्प होला ? हामीले पनि सधैँ मानिआएको कुरा यही कि एउटा बालक वा व्यक्ति तबपरिपक्वहुन्छ जब उसले क्षणिक आवेग चाहनालाई दूरगामी हितलाई मध्यनजर गरेर वशमा राख्ने दक्षता प्रदर्शन गर्न थाल्दछ वा सक्दछ तर आत्मनियन्त्रणको यो उपायले मात्र वाञ्छनीय परिणाम ल्याउन सक्ने कुरामा संकाको निम्ति भने प्रशस्त स्थान अवश्य नै रहन्छ वेलायती विद्वान् वट्र्रान्ड रसेल आफ्नो सहजतापूर्वक आत्मस्वीकार्य चिन्तनको विपरित धाराबाट त्यसलाई सामना गर्दै निक्र्यौलमा पुग्न अभिप्रेरित गर्दथे आफ्नो सोच कर्मको विवेकशीलताको मूल्यांकन सम्भवतः आफैँ भित्र सहिष्णुतालाई हुर्काउने प्रयत्नले नै सम्भव होला तपाई जव आफैँभित्र असहिष्णुताको उदय भईरहेको महशुस गर्नु हुन्छ तव तपाईले गर्न लाग्नु भएको कर्ममाथि विवेकपूर्ण संकाको सुविधा उपयोग गर्न आवश्यक हुन्छ एकै छिन शान्त भएर सोच्दा तपाईले तत्काल गर्न सही ठह¥याएको कार्य जुन चिन्तनको धाराबाट उत्प्रेरित , त्यसको विपरित सोचको पल्ला पो भारी पर्छ कि ? यसरी हिंसा पछुतोको सम्भावनालाई धेरै हदसम्म न्यूनीकृत गर्न सकिन्छ कि ? यसरी हाम्रा व्यक्तिगत सामाजिक गतिविधिलाईसेल्फसेन्सरगर्ने इच्छाशक्ति देखाउँदा सहजै अनुमान गर्न सकिने उही गल्ती कम दोहोरिन्थ्यो की ? परिपक्व कार्यको एउटा उदाहरणले अरु उदाहरणहरुलाई जन्माउने अवसर पाउथ्यो कि ?

वर्तमान राजनैतिक विकासक्रम केवल सामाजिक चेतको विकासक्रमको अभिव्यक्ति मात्र होईन यो राजनैतिक नेतृत्व स्वयंको परिपक्वताको सिलसिलाको परिफलन हो नेता, साधारण व्यक्ति, आदि भन्नु खोल मात्रै हुन् सबैको भित्र एउटा व्यक्ति हुन्छ पहिचानको अनेकता अनुभूत गर्ने तर्कको खेल वाहिर गिट्टी वालुवाको सडक बन्दुकको पड्काईमा मात्र चल्दैन, अझ सघनताको साथ व्यक्ति भित्रै चल्न सक्दछ चिन्तनले व्यवहार घटित गर्ने हुँदा चिन्तनमा उदारता ल्याउन सहिष्णुता आत्मखण्डनको अभ्यास नगरेसम्म, अलिकति आफैँ नै अनिश्चयको पोखरीमा डुबुल्की मार्न हिम्मत नगरेसम्म, सांसारिक यथार्थको कुनै पनि विषयमा निश्चित हुन सकिन्न अवश्यै पनि अन्यौलित मगज भित्र केही समय द्वन्द्व चर्किनु नै संकुचित तर आफ्नो साँघुरो सोचमा विश्वस्त मगजले भौतिक विनाश निम्त्याउनु भन्दा बढी स्वीकार्य हुन्छ त्यसैलेकति सभ्य छौं हामी ?” भन्नु भन्दा पहिले अर्को प्रश्न गर्नु लाभकारी रहला कति चिन्तनशील छौं हामी ?