Wednesday, June 4, 2014

ऐना

ऐना

उनीहरुले भने – तँ टर्रो लेख्छस् !
यसो पनि भने – तँ बाङ्गो देख्छस् !
प्रहार पछिको सन्तुष्टिमा उग्राए – तँ निर्जीव सोच्छस्,
तँभित्र हामी छैनौँ ।
म के गरुँ त ?
मैले नबोकेको दाउरा
ढोङ्गको कुन यज्ञमा बालूँ ?
मैले नकेरेको कृत्य
कल्पको कुन कलमले घटाउँ कुन मर्त्यमा ?

अतः तिमेरु मुखुण्डो फुकालेर आओ
र उघ्रेका आँखाले ताकी फुटाओ
जो ऐना म बनेको छु,
आफ्नै पोट्र्रेट बनाओ !
अरुको भर किन पर्छौ ?

No comments:

Post a Comment