Tuesday, June 24, 2014

“पूरा जिन्दगी रिल्याक्स गरेर विताइयो तर साला रुन सकिएन !”

“पूरा जिन्दगी रिल्याक्स गरेर विताइयो तर साला रुन सकिएन  !”


यो खासमा भएको के हो ? रुन सकिँदैन ।
कति छन् चीज रुनलाई,
तर छुन सकिँदैन । कति चीज छन् हुनलाई
तर हुन सकिँदैन ।
म य...त्रो सं...सा...र...को मजे......त्रो   भि....त्र
एक डंगुर गोबर हगिइरहेछु क्षणक्षण थप्ल्याकथुप्लुक,
विष्टा भइभइकन पनि किन गनाउन सकिँदैन ?

बुझाइका तीक्ष्ण तीरहरुमा कुहिने चोप बनेर
किन खिया लेप्न सकिँदैन ?
छर्लङ्ग घामका पराबैजनी उत्पातहरुमा
किन शीतलताका बादल–छाता बुन्न सकिँदैन ?
यो भएको के हो ? यो बिल्कुल अज्ञानताको शान्ति
किन कसै गरी सुन्न सकिँदैन ?

भएका कति चीज छन् ।
प्रेम छ, भय छ, सपना छ ।
यी सबले घोटिइघोटिइ किन गितारका तारझैँ
तरङ्गित हुन सकिँदैन ?
निराशाको अनन्त मूल छ हृदय
भने चैनको असीमित किन खुइय भेटिंदैन ?
किन कुबेरको मरुभूमि भैदियो सब ?
साँचो, चिसो माटाको गड्यौले बगान किन भेटिंदैन ?

यो खासमा भएको के हो ?
सून्यको अथाह रिक्तताबाट पनि
रत्तिभर सन्नाटा भेटिंदैन ।
जति नै घोत्लिए पनि पृथ्वी र आकाश हेरी
बुझाइको ज्वारभाटा भेटिंदैन ।
पृथ्वीभरि महाशागर छ्यालब्याल् छ
आँखा निचोरे नि नुनिलो तरल भेटिंदैन ।
तरल तलतिर बगेको
त्यो  दृश्य सरल, देखिंदैन ।

No comments:

Post a Comment